डडेल्धुरामा बालक मारेर खाल्डोमा पुरिएको अवस्थामा फेला, आमा र सौतेनी आमा पक्राउ

डडेल्धुरामा बालक मारेर खाल्डोमा पुरिएको अवस्थामा फेला, आमा र सौतेनी आमा पक्राउ


काठमाण्डु- डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको आशंका गरिएको छ। जिल्लाको आलिताल गाउँपालिका ८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर पुरेको आशंका गरिएको हो।

ती बालककी आमा र सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा १२ पुसदेखि बेपत्ता भएका थिए । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए ।