यती एयर दुर्घटना : उद्धारकार्य चल्दै (तस्वीरहरू)

यती एयर दुर्घटना : उद्धारकार्य चल्दै (तस्वीरहरू)


काठमाण्डु – यति एयरलाइन्सको एटीआर जहाज पोखरास्थित पुरानो र नयाँ एयरपोर्टबीचको खोँचमा खसेर दुर्घटना भएको खुलेको छ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। ‘आगो नियन्त्रणमा आउन सकेका छैन। अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।