पोखरा विमान दुर्घटना अपडेट : ३२ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट : ३२ जनाको शव निकालियो


काठमाण्डु –  पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमानमा १० विदेशी र ६२ जना नेपाली सवार रहेको खुलेको छ । अहिलेसम्म दुर्घटनास्थलबाट ३० जनाको शव निकालिएको छ भने अन्यको उद्दार कार्य जारी रहेको छ ।

विमान सेती खोचमा दुर्घटनामा परेको थियो । काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।