काठमाण्ड- पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
अहिलेसम्म ३६ जनाको शव फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्ने उनको भनाई छ ।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।




प्रतिक्रिया