काठमाण्डु- मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको न्याय युवाहरूले प्रदर्शन गरेका छन् । बुधबार युवाहरुले माइतीघर मण्डलमा आर्चायप्रति श्रद्धाञ्जली दिन र सरकारलाई खबरदारी गर्न प्रदर्शन गरेका हुन् ।
स्वदेशमै केही गर्ने भनेर लागेका उनलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ भन्दै युवाहरूको आवाज छ । सामाजिक सञ्जाल फेसबुकमा लामो विज्ञप्ति लेख्दै आर्चायले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए ।
उनको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।




प्रतिक्रिया