नेपालीको लगानीमा अमेरिकामा बैंक

नेपालीको लगानीमा अमेरिकामा बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो ।

त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले ।
यो सामुदायिक बैंक हो ।

उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए । नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको छ ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।