राष्ट्रपति भण्डारीको सवारीको क्रममा डाक्टरमाथि कुटपिट गर्ने प्रहरी निलम्बित

राष्ट्रपति भण्डारीको सवारीको क्रममा डाक्टरमाथि कुटपिट गर्ने प्रहरी निलम्बित


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।