काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको बिषयबारे विश्व हिन्दु युवा संघले ध्यानाकर्षण गरेको छ ।
आइतबार संघका अध्यक्ष रोहन ऐरले एक विज्ञप्ति जारी गर्दै नगर सरकारले १०० वटा जति गाई महाकाली नदी हुँदै भारततर्फ पठाएको खबरप्रति विश्व हिन्दु युवा संघ डडेल्धुराको गम्भीर ध्यानार्कण भएको जनाएका हुन् । उनले आइतबार यसबारे डडेल्धुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
नगर सरकारको उक्त कार्यले हिन्दुधर्म प्रति आस्थावान जो कोहीलाई चोट पुग्ने ऐरले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । साथै उनले यस घटनामा संलग्नहरु पत्ता लगाई तिन दिनभित्र सार्वजनिक गर्न आग्रह गरेका छन् । यदि माग पुरा नभए विश्व हिन्दु युवा संघले संर्घषका कार्यक्रम गर्नेसमेत अध्यक्ष ऐरले चेतावनी दिएका छन् ।
शनिवार परशुराम नगरपालिका ६-७ का स्थानीयले चौपाया महाकाली नदी हुँदै भारततर्फ पठाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।






प्रतिक्रिया