काठमाण्डु आइपुगे भारतीय विदेश सचिव क्वात्रा

काठमाण्डु आइपुगे भारतीय विदेश सचिव क्वात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाण्डु आइपुगेका छन् । सोमबार वदेश सचिव क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि काठमाण्डु आइपुगेका हुन् ।

उनलाई भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेले निमन्त्रण दिएका थिए । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्रममा सहभागी हुनेछन । पराराष्ट सचिबले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।