काठमाण्डु उपत्यकामा सार्वजनिक यातायात ठप्प,आन्दोलनरत मजदुरलाई बार्तामा बोलाइयो

काठमाण्डु उपत्यकामा सार्वजनिक यातायात ठप्प,आन्दोलनरत मजदुरलाई बार्तामा बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि यातायात सेवा बन्द गरेका छन् ।

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाका सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यकाभित्र कुनैपनि सार्वजनिक सवारी चलेका छैनन्।

यसैबीच सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।