ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित

ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् ।

रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । जसमा १ शतक र ६ अर्धशतक समावेश छ । ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।