टक खाती, काठमाण्डु- डडेल्धुराकाे परशुराम नगरपालिकाले महाकाली नदिमा गाईलाई बगाएको विषयमा न्याय मागको लागि जाँदा उल्टै धम्काएको आरोप लागेको छ ।
परशुराम नगरपालिकामा परशुराम धाम बाङ्घाटस्थित महाकाली नदिमा १०० वटा जति गाई (गौ माता )लाई बगाईको विषयमा न्यायको लागी जाँदा विश्व हिन्दु युवा संघ डडेल्धुराका जिल्ला अध्यक्ष रोहन ऐरलाई परशुराम नगर सरकारका प्रबक्ता खगेन्द्र सिंहले धम्क्याउनु भएको हो ।
‘न्यायको लागि जाँदा नगर सरकारका प्रबक्ताले जुन हर्कत देखाउनु भएको छ । परशुरामका राजा सम्झिने हरु गतिलो काम गरेर राजा हुनुहोस् । गाइको दूध खानु हुन्छ की के खानु हुन्छ ?’ रोहन ऐरले भने, ‘ प्रबक्ताले जुन हर्कत देखाउनु भएको छ हेर्दा राणा शासन भन्दा कम लागेन ।’
राष्ट्रिय जनावर गाईलाई महाकालीमा बगाउन आदेश दिने अपराधीलाई कारबाही गरीपाउ भनी विश्व हिन्दु युवा संघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउँदा खेरि प्रबक्ता खगेन्द्र सिंह आक्रोशित बनेका हुन् ।
त्यस्तै मेयर भरत बडायर, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश जोशीले पनि ज्ञापन पत्र बुझाउदा धम्की दिएको अध्यक्ष ऐरले बताए । उनले भने, ‘स्वयम मेयर ज्युले पनि न्यायको लागि जाँदा धम्की दिनुभयो । तपाईँ प्रहरी हो ? तपाईँ न्यायधिश हो ? भिडियो बनाउन पाइदैँन । भन्दै मेयर र दिनेश जोशीले पनि धम्की दिनुभयो ।’
यति बेला समाजिक सञ्जालमा अध्यक्ष रोहन ऐरलाई प्रबक्ताले धम्काएको भिडियो भाइरल भइरहेको छ । यता प्रबक्ता खगेन्द्रले भने आफूले कसैलाई पनि त्यस्तो हर्कत नगरेको जिकिर गरे । उनले यसबारे ज्ञापन पत्र बुझाउनेहरुलाई धन्यवाद दिएको बताए ।
‘हामीले ज्ञापन पत्र बुझाउन आउनेलाई धम्कि दिएका होइनौँ । हामीले त धन्यवाद दिएका हौँ र तपाईँहरुको मागबारे अब कार्यपालिकाको मिटिङ बोलाएर त्यस मिटिङमा छलफल गर्छौँ भनेका हौँ । ’, प्रबक्ता खगेन्द्र सिंहले भने ।
किन तानियो विवादमा परशुराम नगरपालिका ?
परशुराम नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको विषयले फेरी चर्चा पाएको छ । गत शनिवार परशुराम नगरपालिका ६-७ को भारतीय सिमा क्षेत्रमा चौपाया महाकाली नदी हुँदै भारततर्फ पठाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो बहस फेरी ब्युँतिएको हो । भिडियोमा केही लाईफ ज्याकेट लगाएका युवाहरू गाईलाई महाकालीमा लखेट-लखेटी बगाईरहेको दृश्य स्पष्ट देख्न सकिन्छ ।
कतिपयले भने नगरपालिकाकै निर्देशनमा चौपाया व्यवस्थापनको नाममा महाकाली कटाएको आरोप समेत लागाएका छन् । नगरपालिकाले तयार पारेको छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७६को परिच्छेद ९ मा चौपाया छाड्ने कार्यलाई नियन्त्रण गर्न पशुधनीहरुलाई आवश्यक कारवाही स्वरुप प्रति पटक प्रति चौपाया रु दुई हजार सम्म दण्ड जरिवाना तोक्ने व्यवस्था गरेको छ ।
पटक-पटक कारवाही गर्दा समेत अटेर गरेको पाईए वा जरिवाना नबुझाए नगरपालिकाबाट पाउने सेवासुविधा समेत उपलब्ध गराउन नसकिने व्यवस्था गरिएको छ । तर, कार्यविधिको प्रभावकारी कार्यान्वयन नहुँदा नगरपालिकामाथि नै पटक-पटक प्रश्न उठ्ने गरेको छ ।
पलिकाले छाडा पशु चौपायाहरुलाई व्यवस्थापन गर्नै नसकेपछि महाकालीमा बगाईएको हो। नेपालबाट गाईगोरु निकासी गर्न नपाईने स्पष्ट व्यवस्था छ। तरपनि भारत हुँदै पाकिस्तानसम्म मासुका लागि अवैध रुपमा तस्करी गरेर निर्यात हुने गरेको छ । सार्वजनिक भिडियोमा नगरपालिकासंग केही रकम पाउने मौखिक सम्झौता भएरै गाईगोरुलाई महाकालीमा बगाएको आशयको संवाद भएको पनि स्पष्ट सुन्न सकिन्छ । यसो भन्दा भिडियो खिच्ने युवालाई मोबाईल अफ गर्न धम्की समेत आएको छ।
छाडा चौपाया व्यवस्थापनको विषय नगरपालिकामा अहिले मात्रै उठेको भने होइन । केही समयअघि पनि पालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीयले चौपाया लगेर नगरपालिकामै हुलेका थिए। त्यसबेला नगरप्रमुख भरत जोशीले तत्काल व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।
परशुराम नगरपालिकाले नै चौपाया बगाउन लगाएको आरोप लागेपनि नगरपालिकाले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ। हिन्दू धर्मवलम्बीले पुजा गर्ने त्यसमाथि राष्ट्रिय जनावर गाईमाथि भएको हदैसम्मको पापको पराकाष्ठाको पालिकास्तरमा चर्को आलोचना भईरहेको छ।




प्रतिक्रिया