काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बिहीबार ५० दिन पुगेको छ। तर, घटना अझै रहस्यमै छ। मृतक बालिकाका आमाबुवा न्याय खोज्न काठमाडौं पुगेका छन्।
घटना थप रहस्यमय बन्दै गएका बेला कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (हाल निलम्बित) एसपी दिल्लीराज विष्टको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ।
शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डाक्टर हरिहर वस्तीले नमूना संकलन गरेर बिहीबार प्रहरीलाई बुझाएका हुन्।
मृतक निर्मलाको योनीबाट लिइएको स्वाबको डीएनए परीक्षणमा भेटिएको पुरुषको डीएनए दाँज्न निलम्बित एसपी विष्टको डीएनएको नमूना संकलन गरिएको हो। नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।




प्रतिक्रिया