पुर्व राजा परिवार आज थाइल्याण्ड जाँदै, श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम

पुर्व राजा परिवार आज थाइल्याण्ड जाँदै, श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पुर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज पुन थाइल्याण्ड जानु हुने भएको छ । थाइल्यान्डबाट उहाँहरु श्रीलंका र भारतकोे आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहनुभएका पूर्व राजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै त्यहाँ बैकक पुग्नु भएको छ ।

हिमानीका निजी सचिव स्मिता सिह, पुर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुग्नुभएको छ । उहाँहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उहाकी धर्मपत्नी रोशनी राणा पनि जानु हुने भएको छ ।

थाइल्याण्डबाट श्रीलंका र भारत जाने

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएको हो ।

नातिनिद्धय पुर्णिका र किर्तिकालाई भेट गर्न भन्दै थाइल्यान्ड जाने गर्नुभएका उहाँले थाइल्यान्ड हुदै विभिन्न मुलुक भ्रमण गर्ने गर्नुभएको छ–स्रोतले भन्यो । ज्ञानेन्द्र परिवार दशैको फुलपातिको दिन मुम्बइ हुदै नेपाल फर्कने कार्यक्रम छ । दशै लगत्तै पुन विदेश भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ । यो खबर आजको समाचारपत्रमा छ ।