अझै बुझाएनन् ठूला दलका नेताले सम्पत्ति विवरण

अझै बुझाएनन् ठूला दलका नेताले सम्पत्ति विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयलयसमक्ष पेस गर्नुपर्नेछ। यो समाचार आजको राजधानी दैनिकमा छ