महिला विमान चालकलाई एमाले अध्यक्ष ओलीले दिए बधाई

महिला विमान चालकलाई एमाले अध्यक्ष ओलीले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन् ।

दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अघि बढ्दैछन् नेपाली महिला ! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो । यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को-पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !’ उनले लेखेका छन् ।