उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन

उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगले जनाएकाे छ। उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।