सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुइ पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबिच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुुपर्नेमा जोड दिएकी थिइन् ।

भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएकी थिइन् । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएकी थिइन् ।

भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुुन सकेको छैन । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।