काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीका खेलाडीलाई जनहरी तीन लाख पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेशगरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
नेपालले बिहीबार डिएल मेथडबाट यूएईलाई ९ रनले हराउँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।




प्रतिक्रिया