ल क्याम्पसमा क्रान्तिकारीका विष्णु ढुंगेल बिजयी

ल क्याम्पसमा क्रान्तिकारीका विष्णु ढुंगेल बिजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट अखिल र नेपाली कांग्रेस निकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्र्दै बिजयी हासिल गरेका हुन ।

अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्। ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ।

यस्तै सचिवमा नेविसंघका मनोज सिंह ६०१ मतसहित बिजयी भए भने कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङले ४२३ मत ल्याएर विजयी भएका छन्।

यसैगरी, ७ सदस्यमध्ये बहुमत ५ सदस्य एमाले निकट अनेरास्ववियुले जितेको छ। जसअनुसार अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।