प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित भएको गोरखा २ मा शिलान्यास गरे सडक

प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित भएको गोरखा २ मा शिलान्यास गरे सडक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन् ।

गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी(कटहरे(हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्री प्रचण्डले मंगलबार शिलान्यास गरेका हुन्।

बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए। २० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।