विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अक्टोबर २ देखि १२ सम्म मलेसियामा हुने आइसीसी टी–२० विश्वकपको एसिया छनोट ‘बी’ खेल्न बन्द प्रशिक्षणका लागि नेपाली टोली घोषणा गरिएको छ।

कप्तान पारस खड्काको नेतृत्वमा १८ सदस्यीय टोली बन्द प्रशिक्षणका लागि छनोट गरिएको हो । टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करण केसी, ललित भण्डारी, साहब आलम, शरद भेषावकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

बन्द प्रशिक्षण शनिबारबाट त्रिवि मैदानमा सुरु हुनेछ । बन्द प्रशिक्षणबाट अन्तिम १४ जना टोलीको टुंगो लगाइनेछ। नेपालले आफ्नो पहिलो खेल अक्टोबर ३ मा म्यानमारसँग खेल्नेछ भने दोस्रो अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ ।

तेस्रो खेल थाइल्यान्डसँग अक्टोबर ७ मा खेल्नेछ भने चौथो खेल भुटानसँग ९ अक्टोबरमा खेल्नेछ । त्यस्तै, १० अक्टोबरमा चाइनासँग खेल्ने नेपाली टोलीले छनोटको अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरविरुद्ध खेल्नेछ ।