प्रहरी दमनविरुद्ध मिटरब्याजपीडितको मानवअधिकार मार्च पास

प्रहरी दमनविरुद्ध मिटरब्याजपीडितको मानवअधिकार मार्च पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मिटरब्याजी पीडितमाथि भएको धरपकडविरूद्ध बृहत् नागरिक आन्दोलनले मानव अधिकार मार्च पास गरेको छ।

प्रहरीले मिटरब्याजी पीडितमाथि सोमबार गरेको दमनको विरोधमा बृहत् नागरिक आन्दोलनले शान्तिवाटिदेखि संसद् भवन बानेश्वरसम्म मार्च पास गरेको हाे।

सोमबार मिटरब्याज पीडतमाथि शान्तिवाटीमा प्रहरी दमन गर्दा ४३ जना घाइते भएका थिए। पीडितहरूको टाउको र हात समेत भाँचिएको थियो। प्रहरीले शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहार गर्दै पीडितमाथि लाठी बर्साएको थियो।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले पूर्वसहमति कार्यान्वयन हुनुपर्नेलगायत माग गर्दै झन्डै एक महिनादेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ ।