बाफलको गार्मेन्टमा शरीरको एक भाग जलेको अवस्थामा एक व्यक्ति फेला

बाफलको गार्मेन्टमा शरीरको एक भाग जलेको अवस्थामा एक व्यक्ति फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ ।

शनिबार राति ९ः३० बजे काठमाण्डु महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुईतल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको शरीरको उक्त भाग जलेको अवस्थामा फेला परेको हो ।

काठमाण्डु जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागी पश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको बताए ।

उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । सोही कारखानामा चालकको रुपमा काम गर्ने दोलखाका २० वर्षीय भूपेन्द्र बस्नेत भने सम्पर्कविहीन भएको बताइएको छ । आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको उहाँले जानकारी दिए।