चितवन – चितवन क्षेत्र नं. २ को मतगणना सुरु गर्न सोमबार सर्वदलीय बैठक बसिरहेको छ। बिहान ८ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो सुरु भएको हो। अहिले मतगणनास्थलबाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ।
यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।
आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ ।




प्रतिक्रिया