काठमाण्डु- राष्ट्रियसभाका सांसद सांसद खिमलाल देवकोटाले नेपालमा नोटबन्दीको प्रस्ताव गरेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा ’सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र १ हजारका नोट छाप्न बन्द गर्नुपर्ने बताएका हुन्।
उनले भने,’बजारमा लगानी गर्नुपर्ने रकम घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्याउनेछ।’
उनले राष्ट्रिय गौरवका आयोजनाको भौतिक वित्तीय प्रगति निराशजनक रहेको बताए। सांसद देवकोटाले उत्पादनमुखीभन्दा पनि वितरणमुखी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा होडबाजी चलेको भन्दै आपत्ती जनाए।




प्रतिक्रिया