बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.६८ अंकले ओरालो लागेर १ हजार ८९२ को विन्दुमा झरेको हो ।

आज सबै उपसूचकहरु ओरालो लागे । यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैगरि बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था ३।२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २।५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २।३० प्रतिशत, उपकार लघुवित्त वित्तिय संस्थाको २।२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २।१८ प्रतिशतले मूल्य ओरालो लागेको छ ।