बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल

बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको जनाइएकाे छ ।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।