‘कमजोर राजश्व परिचालनले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण’

‘कमजोर राजश्व परिचालनले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन्।

बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताए। उनले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताए। बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको उनले बताए ।

उनले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताए। बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको उनले बताएका छन् ।