काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आजपनि मुलुकका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको जनाएकाे छ । आज पहाडीसहित तराईका जिल्लामा दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौंमा दिउँसो ११-१२ बजेपछि पानी पर्ने सम्भावना रहेको महाशाखाको जनाएकाे छ। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ।
पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। यसले तराईका जिल्लामा गर्मी कम भएको छ। काठमाडौंमा भने चिसो बढेको छ।




प्रतिक्रिया