बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकाल नियुक्त

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त भएका छन् । मंगलवार बसेको बैठकले मन्त्रिपरिषदको ढकाललाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) को कार्यकारी निर्देशक नियुक्त गर्नका लागि बैशाख १४ मा तीन जनाको नाम सिफारिस गरिएका थियो ।

सिफारिस हुनेमा एईपिसीका कामु कार्यकारी निर्देशक नवराज ढकाल, जल तथा ऊर्जा आयोगको सचिवालयकी उपसचिव (सिईडी) डा. किरण गौतम र एईपिसीकै निर्देशक डा. सूर्यकुमार सापकोटा थिए ।

सरकारले तीन जना मध्येवाट कामु कार्यकारी निर्देशक ढकाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।