काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८० जारी गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।





प्रतिक्रिया