काठमाण्डु- सरकारले अर्थ सचिव तोयम रायलाई हटाएको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले नयां अर्थ सचिवमा अर्जुन पोखरललाई जिम्मेवारी दिएको छ ।
रायलाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ । उनलाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए । पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए ।
त्यसअघि उनि उद्योग मन्त्रालयमा थिए । अर्थमन्त्री प्रकाशरण महतको प्रस्तावमा पोखरेललाई अर्थसचिव वनाइएको हो ।




प्रतिक्रिया