निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

नीतिगत निर्णय अवज्ञा गरेपछि अधिकारीलाई प्राधिकरणले तीनबुँदे स्पष्टीकरण सोधेको हो । प्राधिकरणले कार्यकारी निर्देशक अधिकारीलाई तीन दिनभित्र उपस्थित भएर जवाफ दिन निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन नगर्दा वायुसेवा कम्पनी तथा विमानस्थललाई क्षति भएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।