काठमाण्डु – मानव तस्करीको आरोपमा पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्नता रहेको भन्दै प्रहरीले रायमाझीका छाेरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेकाे हाे ।
बुधबार मात्रै प्रहरीले टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पूर्जी लिएको हो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।प्रहरीले टोपबहादुरको नाममा समेत वारेन्ट जारी गरेपनि उनलाई पक्राउ गरिसकेको छैन ।
यो प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया