बादलका छोरा प्रतिकले भने- झुटो आरोपसहित मेरो नाम जोडियो, अनुसन्धान प्रक्रियालाई सघाउँछु

बादलका छोरा प्रतिकले भने- झुटो आरोपसहित मेरो नाम जोडियो, अनुसन्धान प्रक्रियालाई सघाउँछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिकले नक्कली भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै अनुसन्धान प्रक्रियालाई सघाउने बताएका हु् । उनले उक्त प्रकरणमा आफ्नो नाम झुटो आरोपसहित जोडिएको दाबी गरे ।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।

त्यस्तै प्रतिकल आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाइएको दाबी गरे । ‘राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने हो ? भन्ने कुरा बुझ्न जरूरी छ । हामीले गृह मन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं।जनसरोकारको विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।’, उनले भने ।

बुधबार थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनले पक्राउ गर्ने प्रहरीको तयारी छ ।