मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कांग्रेस सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति  देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।