सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । रास्वपा केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।

पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले भने बमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएको लगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको हो ।