राष्ट्रपति पौडेलका भाईलाई मन्त्री उपहार

राष्ट्रपति पौडेलका भाईलाई मन्त्री उपहार

देउवाले मनपरी ढंगले मन्त्री छनोट गर्दा कांग्रेसभित्र विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका सानी आमाका छोरा आचार्यलेआइतबार महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति पौडेलका पक्षबाट सुरेन्द्र आचार्यसँगै तेजुलाल चौधरी मन्त्री बन्ने दौडमा थिए । तेजुलाल पनि राष्ट्रपति पौडेलका निकटका व्यक्ति हुन् ।यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई मन्त्री बनाउने तयारी गरेका थिए । अमरेशले प्रधानमन्त्री दाहाललाई आफु मन्त्री नवन्ने बताएपछि आचार्यलाई मन्त्री बनाउन उनि राजी भएका हुन् ।

चौधरीले नै पौडेलको आर्थिक व्यवस्थापनको काम गर्दै आएको कांग्रेस स्रोत बताउंछ । तर, अन्तिममा राष्ट्रपति पौडेलका भाइलाई मन्त्री बनाइएको छ ।उनलाई मन्त्री बनाउन कांग्रेस नेता शेखर कोइरालको समेत समर्थन छ । उनि कोइराला गुटमा सक्रिय छन् ।

राष्ट्रपति पौडेललाई खुसी बनाउन आचार्यलाई नेपाली कांग्रेसले मन्त्री बनाएको हो । त्यस्तै नेपाली कांग्रेसमा मन्त्री छनोट गर्दा समावेशी नभएको भन्दै नेताहरूले विरोध जनाएका छन् । पार्टीभित्र छलफल नगरी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्री छनोट गरेको भन्दै कांग्रेस नेताहरुले चर्को विरोध गरिरहेका छन् ।

सभापति देउवाले मन्त्री सिफारिस गर्दा समावेशी सिद्धान्तलाई ख्याल नगरेको आरोप नेताहरुको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको थियो । जसअनुसार प्रचण्ड सरकारमा सरकारमा कांग्रेसबाट आठ मन्त्री बनेका छन् ।

सभापति देउवाले आठ जना मन्त्री बनाउँदा खसआर्य समुदायका र जनजाति तीन जनालाई मन्त्री बनाएका छन् । आठ मन्त्रीमध्ये एक जनामात्रै महिला छिन् ।

खसआर्य र जनजातिलाई मात्रै बढी अवसर दिँदा दलित, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै कांग्रेस नेताहरुको गुनासो छ । सभापति देउवाले मनपरी ढंगले मन्त्री छनोट गरेको र समावेशी सिद्धान्तलाई ख्याल नगरेको भन्दै कांग्रेसभत्रि विवाद बढेको छ ।