संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण

संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् ।

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् ।

शपथ लिएपछि उनीहरुले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।