सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार भएको अमरेश सिंहको दावी

सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार भएको अमरेश सिंहको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन् । उनले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको दावी गर्दै ०६३ साल पछिका सबै काण्ड हेर्नेगरी आयोग गठन गर्नुपर्ने प्रस्ताव राखे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार भएको दावी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुंदैन भनेर प्रतिवद्धता जनाउनुपर्ने बताए । सांसद सिंहले पोखरा विमानस्थल, वाइडबडी र एनसेल काण्डहरुको छानबिन गरिनुपर्ने माग राखे ।