कस्ताे रहला आइतबारको माैसम पूर्वानुमान ?

कस्ताे रहला आइतबारको माैसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा रहने पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दुई प्रदेशका पहाडी भेगका केही भूभागमा हिजो रातिदेखि नै मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो।

आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र अन्य प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघsगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा सामान्य हावाहुरीको सम्भावना देखिएको छ।

आज राति देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।