भैरहवा – भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हाे।
विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। जहाजका चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल छन्।
भैरहवाबाट बिहान ९:३९ बजे काठमाडौं उडेको जहाज ९:५७ बजेमै भैरहवा अवतरण गरिएको हो।




प्रतिक्रिया