काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउँदै गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के बिस्तारै सेलाउँदै गइरहेको बताएका हुन् ।
‘ताप्केको बीँड तात्यो,तात्दै गरेको ताप्के सेलायो। ताप्के नसेलाओस्,’लामिछानेले भने। उनले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताए। ‘मिलिजुली एकअर्कालाई बचाउने काम नहोस्। हामी यसलाई अत्यन्त नजिकबाट नियालीरहेका छौं,’ उनले भने।
उनले बाह्य कारण देखाएर उम्कन नमिल्ने पनि बताए। देशको राजनीतिक बेथिती,संगठित रुपमा राजनीतिज्ञले गरिरहेको भ्रष्टचार,समयमा योजना पूरा नहुने र पूरा भएको योजनाले पनि आशाअनुसार प्रतिफल नदिनु, अनुत्पादक क्षेत्रमा लगानी बढ्नु, गैह्र कानूनी व्यापार, तस्करी, कर छली बढ्नु सरकारी संरचनाको अक्षमता र बेइमानीको कारण भएको उनको भनाइ छ ।




प्रतिक्रिया