एमाले सचिवालय बैठक च्यासलमा बस्दै,यी हुन् एजेन्डा

एमाले सचिवालय बैठक च्यासलमा बस्दै,यी हुन् एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को सचिवालय बैठक मंगलबार (आज) बस्दैछ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।