टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’भन्ने रमेशजंगको टिप्पणी रेकर्डबाट हटाइयो

टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’भन्ने रमेशजंगको टिप्पणी रेकर्डबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले प्रयोग गरेको ‘झट्केलो छोरो टोपबहादुर रायमाझी’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई उनले एमाले अध्यक्ष केपी ओलीको ‘झट्केलो छोरो’ छोरो भन्दै टिप्पणी गरेका थिए।

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए। यता रायमाझीले देशको माननीय हराएका कारण खोजी गरेको स्पष्टीकरण दिए।