राज्यले किन्तु-परन्तु नगरीकन भ्रष्टाचारको छानबिन कठोरतापूर्वक गर्नुपर्छ : विश्वप्रकाश शर्मा

राज्यले किन्तु-परन्तु नगरीकन भ्रष्टाचारको छानबिन कठोरतापूर्वक गर्नुपर्छ : विश्वप्रकाश शर्मा

भ्रष्टाचार छानबिनका लागि राज्यले कुनैपनि हदम्याद राख्नु हुन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने बताएका छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा शर्माले भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने बताएका हुन् ।

उनले भने,कुनै किन्तु-परन्तु नगरीकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।

भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए । पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको आग्रह थियो । यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु, राज्यले भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ शर्माले भने, ।