स्वर्णिम वाग्लेलाई अर्थमन्त्री महतको जवाफ : शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्र बिग्रिन्छ

स्वर्णिम वाग्लेलाई अर्थमन्त्री महतको जवाफ : शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्र बिग्रिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताएका हुन् ।

उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको समेत बताए । अर्थमन्त्री महतले आफ्नो पूरा कोसिस लगानीको वातावरण सिर्जना गर्न रहेका व्यवधान खोल्नु रहेको बताए । उनले संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकैपटक गर्दा अप्ठ्यारो हुने बताए ।

संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने बताएका थिए । स्वर्णिमले उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताए ।