अडियो ‘फेक’ भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

अडियो ‘फेक’ भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । देउवाले आज सो माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकी छन् ।

उनले साइबर ब्यूरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजितरूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी हुन् ।

“विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनअनुसार कारबाही होस् भनी यो निवेदन पेश गरेको छु”, डा. राणाले दर्ता गरेको निवेदनमा भनिएको छ ।