काठमाण्डु – नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू भएको हो।
तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ।
केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुनेछ।




प्रतिक्रिया